समाचार
दोर्दी गाँउपालिका र पि.पि.आर नेपालको संयुक्त आयोजनामा मिति २०७४।११।२६ मा स्वस्थ्य शिविर संचालन् ।
आज मिति २०७४ साल फाल्गुन २५ गते दोर्दी गाँउपालिका र पि.पि.आर नेपाल (जनअधिकार संरक्षण मञ्च, वानेश्वर, काठमाण्डौं)को संयुक्त आयोजनामा यतना तथा द्धन्द पिडितहरुको मोवाइल हेल्थ किल्निक संचालन गरियो । उक्त कार्यक्रमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सचिव श्री कृष्ण भद्र हमाल , गाँउपालिका अध्यक्ष श्री ओम व. गुरुङ्ग , अधिवक्ता शिव कुमार कार्की , प्रदेश नं. ४ का मूख्य नयायधिवक्ता राजेन्द्र घिमिरे लगायतका व्यक्तिको उपस्थिती थियो । उक्त स्वस्थ्य शिविरमा वरिष्ठ डा. विदुर वस्तिले द्धन्द पिडितहरुको स्वस्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको छ । यस कार्यक्रममा ४७ जना द्धन्द र यतना पिडितहरुको उपस्थिती थियो ।