FAQs Complain Problems

समाचार

संगठनात्मक स्वरुप

दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स. २०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८)  वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् ।

जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र सतहबाट न्युनतम ३८५ मिटर उचाईदेखि ८२६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्म फैलिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउँ निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु¸ खोंच तथा वेसी रहेका छन् ।