समाचार
भिरमौरी
प्राकृतिक सुन्दरताले भरिपुर्ण दोर्दी गाउँपालिका आफैमा भिन्न छ । भौगोलिक विविधता, जातजाती, कला, संस्कृति र भेषभूषाले शुशोभित यस गाउँपालिकाको पृथक पहिचानको रुपमा ‘भिर मौरीको शिकार’ पनि एक हो ।
भिर मौरी पहराको काप अर्थात पानीले नभिज्ने र सकेसम्म हावा हुरीले पनि बढी नसताउने स्थानमा बस्ने गर्दछन् । पहाडको आकाशे भिरहरू जहाँ जो कोही जाने कल्पनासम्म पनि गर्दैनन्, त्यस्तो स्थानमा भिर मौरी बस्दछन् । त्यसैले पनि भिर मौरीको महको शिकारलाइ एक सहासिक खेल मानिन्छ । साहसिक खेल मानिने “मह शिकार” यहाँको घले तथा तामाङ जातीले परापूर्वककाल देखि गर्दै आएको संस्कृति हो ।
भिर मौरीको उचित व्यवस्थापन गर्न सके सम्पूर्ण गाउँपालिकाबासीको आर्थिकोन्नति हुने देखिन्छ । डढेलो लगाउने, खेतबारीमा विषादीको प्रयोग र मह शिकारका बेलामा भिरमौरीका माउलाई मारिने र माउ मरेसँगै बच्चा पनि हुर्कन नसक्ने भएका कारण यो संस्कृति नै लोप हुने स्थिति नआउला भन्न सकिन्न । भिरमौरीका शिकार जस्तो सहासिक प्रथाले आन्तरिक तथा वाह्य पर्यटन दुवैलाइ आकर्षण गर्ने भएकाले गाउमा होमस्टे संचालन गरेर गाउँपालिकको आर्थिक मेरुदण्ड नै बन्न सक्छ । तसर्थ भिरमौरिको संरक्षणमा र उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यस गाउँपालिकामा भिरमौरीको माह निकाल्दै गरेको केहि तस्विरहरु!
Photo credits Best Mad Honey