साविक थानीय निकायको कर्मचारी विबरण
समाचार
सूचना तथा समाचार
चैत्र २१ देखि २६ सम्म दोर्दी गाउँपालिकामा कृषिकोअवस्थावारे खोजि यात्रा (Exploration Mission in Agriculture) कार्यक्रम सुरु भएको छ | उक्त कार्यक्रममा कृषिको बिज्ञहरु वटा दोर्दी गाउँलिकाको समस्थ जनमानस वाट कृषि सम्बन्धि गुनासो सुनी तेस्को तकलिन र दुरगामी हल पत्ता लगाउने मुख्य योजना रहेको छ |
सो कार्यक्रममा निम्न बिज्ञहरुको उपस्थिति रहने छ |
१. डा.दिल वहादुर गुरुङ - पुर्व कार्यकारी निर्देशक तथा कृषि वैज्ञानिक , कार्यालय: नेपाल कृषि अनुसन्धान परिषद ,शिंह दरवार, ९८५११९९१४८, gurungdb12@gmail.com
२. डा. भोज राज जोशी - भू.पू निर्देशक , प्रमुख वैज्ञानिक तथा वरिष्ठ पशु रोग बिज्ञ , कार्यालय : राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान,खुमल्टर,९८५११९३८०६
३. डा. शम्भु प्रसाद धिताल - प्रमुख तथा वरिष्ठ आलुबाली बिज्ञ , कार्यालय : जैविक प्रबिधि महाशाखा , खुमलाटार,९८५११००७६२
४. कृष्ण वहादुर थापा - परमुख तथा वरिष्ठ माटो वैज्ञानिक, कार्यालय : कफी अनुसन्धान कार्यक्रम, गुल्मी,९८५७०६४१९१
५. कृष्ण हरि घिमिरे - वरिष्ठ वैज्ञानिक तथा धानबाली बिज्ञ , कार्यालय: जिन बैंक , खुमलटार, ९८५११७४९७१, ghimirekh@gmail.com
६. गंगा राम भण्डारी- वरिष्ठ वैज्ञानिक तथा कृषि इन्जिनीयर, कार्यालय: कृषि इन्जिनीयरिंग महासखा, खुमलटार, ९८४९४०२५३५
७. गोपाल लम्साल- प्रमुख तथा माछा बिज्ञ , कार्यालय: कालिगण्डकी मत्स्य केन्द्र, कालिगण्डकी जलबिधुत योजना , स्यांग्जा, ९८५६०१६७८९
८. नाम देव उपाध्याय - वैज्ञानिक, सामाजिक अर्थबिज्ञ, कार्यालय: योजना माहाशाखा ने.कृ.अ.प , ९८४७५४६४४८
९. प्रेम वहादुर गुरुङ - बजार तथा व्यस्थापन बिज्ञ , कार्यालय : उधमी , ९८०८१७८८३०
भ्रमण कार्यक्रम यस प्रकार रहेको छ:
चैत्र २१ : गा.प. पदाअधिकारीहरु संग बैठक
चैत्र २२: तन्जे, सिमि, दोडेनी, फलेनी र हिले भट्टी
चैत्र २३: दुवार, हिलेटक्सार
चैत्र २४: धिंदे , अर्चलबोट, सल्लाबोत ,पाचोक ,लामामंज्यंग
चैत्र २५: गा.प. पदाअधिकारीहरु संग बैठक
चैत्र २६: बिदावारी
दोर्दी गाउँपालिकाको आयोजनामा तथा लमजुङ्ग जिल्ला सामुदायिक अस्पतालको सहयोगमा संचालन हुन गई राखेको १ दिने नि:शुल्क स्वास्थ्य शिविर मिति २०७४/१२/१० गते शनिवारका दिन दोर्दी गाउँपालिकाको कार्यालय नौथर शेरामा संचालन हुन गई राखेको हुँदा उक्त शिविरमा स्वास्थ्य परिक्षण तथा उपचार गरि मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ |
उपलब्ध सेवाहरु:
१. स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण
२. दन्त सेवा
३. आँखा परिक्षण तथा उपचार
४. स्त्रीरोग परिक्षण तथा उपचार
५. प्रयोगशाला सेवा
आज मिति २०७४ साल फाल्गुन २५ गते दोर्दी गाँउपालिका र पि.पि.आर नेपाल (जनअधिकार संरक्षण मञ्च, वानेश्वर, काठमाण्डौं)को संयुक्त आयोजनामा यतना तथा द्धन्द पिडितहरुको मोवाइल हेल्थ किल्निक संचालन गरियो । उक्त कार्यक्रमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सचिव श्री कृष्ण भद्र हमाल , गाँउपालिका अध्यक्ष श्री ओम व. गुरुङ्ग , अधिवक्ता शिव कुमार कार्की , प्रदेश नं. ४ का मूख्य नयायधिवक्ता राजेन्द्र घिमिरे लगायतका व्यक्तिको उपस्थिती थियो । उक्त स्वस्थ्य शिविरमा वरिष्ठ डा. विदुर वस्तिले द्धन्द पिडितहरुको स्वस्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको छ । यस कार्यक्रममा ४७ जना द्धन्द र यतना पिडितहरुको उपस्थिती थियो ।
दोर्दी गाँउपालिकाको वेबसाईटमा तँपाईलाई स्वागत छ । यस वेबसाईट तथा गाँउपालिकाबारे केहि प्रतिक्रिया , गुनासो र सुझाव भए यस लिंकमा गई राखीदिनु होला ।