दोर्दी गाउँपालिकाको आयोजनामा तथा लमजुङ्ग जिल्ला सामुदायिक अस्पतालको सहयोगमा संचालन हुन गई राखेको १ दिने नि:शुल्क स्वास्थ्य शिविर मिति २०७४/१२/१० गते शनिवारका दिन दोर्दी गाउँपालिकाको कार्यालय नौथर शेरामा संचालन हुन गई राखेको हुँदा उक्त शिविरमा स्वास्थ्य परिक्षण तथा उपचार गरि मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ |
उपलब्ध सेवाहरु:
१. स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण
२. दन्त सेवा
३. आँखा परिक्षण तथा उपचार
४. स्त्रीरोग परिक्षण तथा उपचार
५. प्रयोगशाला सेवा
समाचार
सूचना तथा समाचार
आज मिति २०७४ साल फाल्गुन २५ गते दोर्दी गाँउपालिका र पि.पि.आर नेपाल (जनअधिकार संरक्षण मञ्च, वानेश्वर, काठमाण्डौं)को संयुक्त आयोजनामा यतना तथा द्धन्द पिडितहरुको मोवाइल हेल्थ किल्निक संचालन गरियो । उक्त कार्यक्रमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सचिव श्री कृष्ण भद्र हमाल , गाँउपालिका अध्यक्ष श्री ओम व. गुरुङ्ग , अधिवक्ता शिव कुमार कार्की , प्रदेश नं. ४ का मूख्य नयायधिवक्ता राजेन्द्र घिमिरे लगायतका व्यक्तिको उपस्थिती थियो । उक्त स्वस्थ्य शिविरमा वरिष्ठ डा. विदुर वस्तिले द्धन्द पिडितहरुको स्वस्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको छ । यस कार्यक्रममा ४७ जना द्धन्द र यतना पिडितहरुको उपस्थिती थियो ।
दोर्दी गाँउपालिकाको वेबसाईटमा तँपाईलाई स्वागत छ । यस वेबसाईट तथा गाँउपालिकाबारे केहि प्रतिक्रिया , गुनासो र सुझाव भए यस लिंकमा गई राखीदिनु होला ।